चीनीयाँ अटोमोवाइल चेरी ब्राण्डको आधिकारीक वितरक एसपीजी अटोमोवाइलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै आफुले विक्री गर्दै आएको एसयूभीहरुमा विशेष स्कीम ६ लाख ८५ हजार रुपैयाँसम्म छुट पाउन सकिने ल्याएको छ ।
चेरीका एसयूभी किन्ने ग्राहकले ४ लाख ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख २५ हजारसम्म एक्सचेन्ज वोनस, एक वर्षको बीमा र एक वर्षसम्मको सवारी कर निशुल्क पाउनेछन् ।
साथै ग्राहकले यी एसयूभीमा ३ वर्षको वारेन्टि र ३ वर्षसम्मको निशुल्क सर्भिसिङ पाउनेछन् ।
कम्पनीले नेपालमा टिगो ७ प्रो, टिगो ४ प्रो र टिगो ८ प्रो नेपालमा विक्री गर्दै आएको हो ।