वायुसेवा निगमले गर्यो तीन अर्बको भुक्तानी

नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज गरी करिब रु. तीन अर्ब भुक्तानी गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको रु. दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत  लिएको ऋणको ०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ।

निगमले ०७९ चैत महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा रु. ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।  सोही वर्षको असारमा रु. एक अर्ब ३५ करोड, असोजमा रु ७३ करोड नौ लाख ५५ हजार दुई सय एकासी, पुसमा रु. ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा रु. दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ।

विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो। परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुवै कोषलाई नियमित रूपमा किस्ता तिर्न सकिएको  प्रवक्ता पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *