रेसुंगा नगरपालिकाद्धारा डोजर लगाउन सुरु

रेसुंगा नगरपालिकाले मापदण्डविपरीत बनाइएका सडकपेटी भत्काउन सुरु गरेको छ। बिहीबार रेसुंगा– २ को उदिनढुंगा बेरिएलबाट सडकपेटी भत्काउन सुरु गरिएको हो।

नगरपालिकाले केही समयअघि रेखांकन गरेर भत्काउन स्वयं घरधनीलाई आग्रह गरे पनि अटेरी गरेकाले आफूहरूले नै सडकपेटी भत्काउन सुरु गरेको मेयर खिलध्वज पन्थीले जानकारी दिए।

सदरमुकाम तम्घास बजारभित्र सडक साँघुरो बन्दै गएपछि ३० फुट सडक कायम गर्न पटकपटक सूचना जारी गर्दा पनि कार्यान्वयन नभएकाले भत्काउन सुरु गरिएको पन्थीले बताए।

केही दिनमा बजार पुनः पिच गर्ने प्रयोजनको लागि पहिले सडक भत्काउन थालिएको छ। मेयर पन्थीले सडक साँघुरो हुँदा सर्वसाधारण हिँड्न नसक्ने, जाम हुने र नालीमाथि मापदण्ड मिचेर सडकपेटी बनाउन थालेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *