एक्सयूभी ४०० ईभी नेपाल आउँदै

महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार एक्सयूभी ४०० को माग भारतमा उच्च दरले वृद्धि भइरहेको छ । यो इलेक्ट्रिक एसयूभीलाई हात पार्न ग्राहकले भारतमा ४ महिनासम्म कुर्नुपर्ने जनाइएको छ ।

महिन्द्राले यसअघि लन्च गरेको अन्य नयाँ एसयूभीको तुलनामा ‘वेटिङ पिरियड’ कम भएपनि एक्सयूभी ४०० इभीलाई रुचाउने ग्राहकको संख्या भने बढिरहेको छ ।

कम्पनीले यो नयाँ एसयूभीको टप–स्पेक भेरिएन्ट ईएललाई डेलिभरी दिन शुरु गरिसकेपनि बेस भेरिएन्ट ईसीको डेलिभरी भने शुरु गरिसकेको छैन । बेस भेरिएन्टलाई यसै वर्षको फेस्टिवल सिजनबाट डेलिभरी दिने कम्पनीले योजना बनाएको छ ।

भारतमा लन्च भए लगत्तै यो इलेक्ट्रिक एसयूभीका विषयमा चासो व्यक्त गर्ने नेपाली इभी पारखीको संख्या समेत बढिरहेको छ ।

यो नयाँ एसयूभी कहिले नेपाल आउँछ भन्ने विषयमा अन्योलता कायमै रहेको अवस्थामा नेपालका लागी आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालिले उपयुक्त समयमा ल्याउने बताएको छ । कम्पनी स्रोतका अनुसार भारतमै यसको माग अत्याधिक धेरै भएको कारण नेपाल आउने विषयमा टुंगो नलागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *