बीएमडब्लु बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका छन् ।

आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगामा पुगेका छन् ।

बीएमडब्लु बाइक चढेर उनी केही सहयोगीसँग पूर्व नेपालमा आइपुगेका हुन् ।

मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

फिल्मको छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङद्धारा भएको हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष उनी बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।

उनी कार र बाइकका शौकिन अभिनेता हुन् । गत वर्ष उनको चलचित्र ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *