टीभीएस एनटर्क मरिन ब्लु कलरमा

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसनलाई मरिन ब्लु कलरमा सार्वजनिक गरेको छ । पहिले देखि नै रातो र पहेलो कलरमा उपलब्ध भएकोमा अब सो स्कुटर उपलब्ध भएको हो ।

कम्पनीले भनेको छ, ‘स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ ।

स्कुटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टीभीएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट अलोय ह्वीलले स्कुटरको स्टाइललाई अझ बढाउँछ ।’

स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म मार्फत संचालित सो स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ उपलब्ध पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर प्रदान गर्दछ ।

टीभीएस एनटर्क १२५ रेस एडिसन १२४.८ सीसी, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्व, एयर–कुल्ड एसओएचसी, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ९.३८ पीएस पावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ । सो रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पिड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०–६० किमी प्रतिघण्टाको गति बढाउँछ ।

पास बाइ स्वीच, ड्युअल साइड स्टेयरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कुटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टीभीएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, यूएसबी चार्जर, ठूलो २० लिटर अन्डरसेट स्टोरेज र टीभीएस प्याटेन्टेड ईजी सेन्टर स्ट्यान्ड रहेको छ ।

मरीन ब्लु कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *