Skip to content
स्विडेनी कार निर्माता भोल्भोले सन् २०३० सम्ममा अल-इलेक्ट्रिक ब्रान्ड हुने स्पष्ट लक्ष्य राखेको छ।
यससँगै अटोमेकरले बजारमा हरेक वर्ष एउटा नयाँ विद्युतीय सवारीसाधन लन्च गर्ने पनि बताएको छ।
अब, एक मिडिया रिपोर्ट अनुसार, ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा अल-इलेक्ट्रिक XC40 रिचार्जको लागि उत्कृष्ट प्रतिक्रिया पाएको छ।
यही कारण भोल्भोले आफ्नो ICE संस्करण, XC40 लाई बन्द गर्ने विचार गरिरहेको छ।
हाल, भोल्भोसँग बजारमा बिक्रीमा रहेको एउटा मात्र विद्युतीय मोडल XC40 रिचार्ज छ।
ब्रान्डका अनुसार, यसले फुल चार्जमा करिब ४०० किलोमिटरको रेन्ज उपलब्ध गराउँदै आएको छ र यसको टेक्नोलोजी बढ्दै गएको छ।
यसले गर्दा निकट भविष्यमा ग्राहकहरूको रेन्जको चिन्ता हट्नेछ।
Post Views: 215