ग्रेटवालकोे हर्षमय नव वर्ष २०८० अफर

ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।

कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले जीडब्ल्युएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा पाउने छन् ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् ।

साथै, हरेक जीडब्ल्युएम गाडीको खरिदमा ग्राहकले निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्ज बोनस र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् ।

हाल नेपाली बजारमा जीडब्ल्युएम नेपालले ह्यावल एच६, ह्यावल जोलायन, पोअर र विंगल ५ मोडल बिक्री–वितरण गरिरहेको छ ।

जीडब्ल्युएम नेपालले लगातार रुपमा आफ्ना बिक्री र बिक्री पछिको सेवाका लागि नयाँ प्वाइन्ट अफ सेल्स र आफ्टर सेल्स सर्भिसको विस्तार गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *