२०२४ पोर्श केयेनको इन्टेरियरको खुलासा

18 अप्रिलमा हुने लागेको पोर्श केयेनको विश्वव्यापी डेब्यू अघि, ब्रान्डले यसको भित्री भागका केही छविहरू प्रकट गरेको छ। ड्यासबोर्डले पूर्ण ओभरहाल प्राप्त गरेको छ।

नयाँ केयेनले कुल तीन स्क्रिनसहितको नयाँ ड्यासबोर्ड लेआउटलाई फिचर गर्नेछ।

यसले मल्टिपल डिस्प्ले मोडको साथ १२.६ इन्च कर्भ डिजिटल ड्राइभर डिस्प्ले पाएको छ।

यसको सेन्टरमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिट पनि छ।

यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, अनबोर्ड नेभिगेसन, सिरी कनेक्टिभीटी र भिडियो स्ट्रिमिङ विकल्पहरु पनि छ।

अगाडिको यात्रुका लागि ड्यासबोर्डमा १०.२ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ।

यो टचस्क्रिन डिस्प्ले भिडियोहरू स्ट्रिम गर्न सक्षम छ र मल्टिमिडिया प्रयोगको लागि स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *