पेट्रोनास लुब्रिकेन्ट्सको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालि र पेट्रोनास लुब्रिकेन्ट्सको काठमाडौं र भक्तपुरको डिलर प्रसंशा अटो ट्रेड लिंकले वाग्मती प्रदेशलाई केन्द्रीत गर्दै रिटेलर मिट तथा मेकानिक्स मिट सम्पन्न गरेको छ ।
प्रशंसा अटो ट्रेड लिंकका प्रवन्ध निर्देशक मनिस नगरकोटीको सभापतित्वमा कार्यक्रम भएको थियो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष सुनिल रिजालको प्रमुख आतिथ्यतामा तथा नेपाल अटो मेकानिक व्यावसायि संघका निबर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, अटो पत्रकारहरु, त्रिथुंगा ट्रेडिङ प्रालिका विजनेश हेड श्याम पाण्डे, नेशनल सेल्स हेड अभिषेक अधिकारी, इन्डिस्ट्रियल हेड पदम राना लगायतले रिटेलर तथा मेकानिक्सलाई कम्पनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको र गुणस्तरीयताको बारेमा जानकारी दिएका थिए ।
प्रमुख अतिथि, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष सुनिल रिजालले गुणस्तरीय उत्पादनहरुले सधैं राम्रो बजार लिने हुँदा निरन्तर रुपमा अगाडी बढ्न सल्लाह दिनुभयो ।
त्रिथुंगा ट्रेडिङ प्रालिका इन्डिस्ट्रियल हेड पदम रानाले हाम्रा गुणस्तरीय उत्पादनहरुले अब राम्रो बजार लिने हुँदा, एकजुट भई निरन्तर रुपमा अगाडी बढ्नुपर्ने बताए ।
रिटेलर तथा मेकानिक्सलाई पेट्रोनास लुब्रिकेन्ट्सको बजारको स्थिति, गुणस्तर, बजारीकरण, विभिन्न सेग्मेन्टका बारेमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट मेकानिक्सहरु, पार्टस् बिक्रेताहरुलाई अवार्ड समेत वितरण गरिएको थियो ।
त्रिथुंगा ट्रेडिङ प्रालिका बिजनेस हेड श्याम पाण्डेले पेट्रोनास लुब्रिकेन्ट्स गुणस्तरीय भएकाले धेरैको रोजाईमा पर्न सफल भएको र सबैंको साथ सहयोगले आगामी दिनमा छिट्टैं नैं नम्बर १ बन्ने बताए ।
कार्यक्रममा पार्टस् बिक्रेताहरु तथा मेकानिक्सहरु १ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।