भक्तपुर–नगरकोटमा अझै कालोपत्रे हुन सकेन

भक्तपुर–नगरकोट सडकखण्डमा मन्त्री श्रेष्ठले १८ फागुनमा अनुगमन गरेका थिए ।

ठेक्का अवधि सकिँदा समेत निर्माण कार्य नसकिएको उक्त खण्डमा अनुगमनपछि कम्पनीले दुई किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने चार सय मिटर सडक कालोपत्रेका लागि तयार गरेको छ ।

१५ किलोमिटर कुल लम्बाइ रहेको यस सडकमा चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

आयोजनाका इन्जिनियर सागर भण्डारीले मन्त्रीको अनुगमनपछि काममा सुधार आए पनि अपेक्षाकृत नभएको बताए ।

‘मन्त्रीज्यूको अनुगमनपछि आयोजनाको निर्माणमा सुधार त आएको छ । तर, जति हुनुपर्ने हो, त्यति भएको छैन,’ उनले भने, ‘यद्यपि, पछिल्लो समयको झरीले पनि यसमा समस्या भएको छ ।

साथै, कम्पनीले कामदार पनि मगाइसकेको छ । अब भने काम राम्रोसँग अघि बढ्छ होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *