होन्डा टेक्निसियन स्किल कन्टेस्टमा केशव गजुरेल विजेता

होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ सञ्चालन गरेको होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ को प्रथम पुरस्कार बज्र अटो महाराजगन्जका केशव गजुरेलले जितेका छन् ।

कम्पनीले हरेक वर्ष सञ्चालन गर्ने टेक्निसियन स्किल कन्टेस्टमा यो वर्ष द्वितीय पुरस्कार एसटिसी पोखराका झलेन्द्र इटानी र तृतीय पुरस्कार नौदेवी  मोटर्स विराटनगरका विनोद शर्माले जितेका हुन् ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । अन्य सहभागीले पनि प्रमाणपत्र प्राप्त गरेको उल्लेख छ ।

होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाइमा कार्यक्रम सञ्चालन भएको जनाइएको छ ।

यो प्रतियोगिताका लागि कम्पनीले विभिन्न पाँचवटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट दुई–दुईजना छनोट गरेको जनाएको छ ।

काठमाडाैंबाट दुईजना, विराटनगरबाट दुईजना, जनकपुुरबाट दुईजना, पोखराबाट दुईजना र भैरहवाबाट दुईजना प्रतियोगीहरू छनोट भइआएको कम्पनीले जनाएको छ ।

क्षेत्रीय प्रतियोगितामा छनोट भएका कुल १० जना होन्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएको जनाइएको छ ।

प्रतियोगिता अवधिभर सहभागी टेक्निसियनहरू होन्डाको नियम तथा अनुशासन पालना गर्दै होन्डा स्ट्यान्डर्ड प्रोसिडुयरअन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएको कम्पनीले जनाएको छ ।

यसप्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुका साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *