नारायणगढ–बुटवलमा देखिएन प्रभाव

सडक विभागले ठेक्का तोड्ने चेतावनी दिएपछि नारायणगढ–बुटवल सडक निर्माण गर्ने चिनियाँ कम्पनीले निर्माण कार्य चुस्त बनाएको थियो ।

साथै, चीनबाट एक उच्च स्तरीय टोली आएर आयोजनास्थलमा अनुगमन गरिरहेको छ । यही बीचमा मन्त्री श्रेष्ठले ३ माघ र २६ फागुनमा दुईपटक नवलपारसी खण्डमा पुगेर अनुगमन गरिसकेको छ ।

तर, अनुगमनपछि पनि सडक निर्माणमा ठोस प्रगति देखिएको छैन ।

‘चिनियाँ टोलीले आफैँले अनुगमन गरी सडक निर्माणमा केही चुस्तता ल्याएको थियो ।

निर्माण कम्पनीको नीतिअनुसार नै काममा केही सुधार देखिएको छ,’ आयोजनामा कार्यरत एक कर्मचारीले भने, ‘यसबीचमा मन्त्रीज्यूको पनि अनुगमन भयो, तर अनुगमनपछि पनि काम गर्ने शैली पुरानै छ ।’

आयोजनाका प्रमुख प्रदीपराज शाक्यले पनि मन्त्रीकै अनुगमनले निर्माण कार्यमा खास प्रभाव नदेखिएको बताए । ‘ठेक्का तोड्ने चेतावनीपछि निर्माण कम्पनीले अहिले काम गरिरहेको छ ।

अहिले केही ठाउँमा केही कालोपत्रे पनि हुन थालेको छ,’ उनले भने, ‘पहिलाको तुलनामा काम त राम्रोसँग हुन थालेको छ । तर, मन्त्रीको अनुगमनकै कारण आयोजनाको निर्माण कार्यमा सुधार आएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *