मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.भी ५ लेअक्टोबर २०२६ मा उल्लेखनीय
सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने
विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको हो।
अक्टोबर महिनामा प्रोटोन ईभी ५ का २,२६२ वटा सवारी दर्ता भएका छन, जसले मलेसियाको
कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ ।
उक्त महिनामा मलेसियामा कुल ४,५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरी यताकै सबैभन्दा न्यून मासिक दर्ता रहेको कम्पनिले जनाएको छ । यसैगरी, प्रोटोन ईभी ७ का ५५४ वटा सवारी दर्ता भएका छन। दुई मोडेलको नियुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ।
यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता सख्या ५,०२३ पुगेको छ, जुन यस बर्ष दोस्रो पटक पूर्ण
विद्युतीय सवारीको दर्ता भन्दा बढी रहेको कम्पनिले जनाएको छ । यसले मलेसियाको विद्युतीय तथा बैकल्पिक ऊर्जा सवारीको बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई दर्शाएको छ ।
मलेसियामा ईभी ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो
बजार उपस्थितिलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।
नेपालमा भने शंकर ग्रुपअन्तगर्तको जगदम्बा मोटर प्रा.लि. ले प्रोटोनको आधिकारीक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ ।