काठमाडौं । भारतको प्रमुख औद्योगिक समूह टाटाको सवारी उत्पादन, इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी क्षमता उपयोग गर्न विश्वका चर्चित अटोमोबाइल कम्पनीहरूले चासो देखाएका छन्। होन्डा, हुन्डाई र स्टेलान्टिसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले टाटा ग्रुपसँग सहकार्यको सम्भावनामा रुचि देखाएका हुन्।
टाटा ग्रुपको उत्पादन पूर्वाधार, प्राविधिक दक्षता र इन्जिनियरिङ क्षमतालाई उपयोग गर्ने उद्देश्यले यी कम्पनीहरूको चासो बढेको बताइएको छ। यसले भारतीय अटोमोबाइल उद्योगमा टाटाको औद्योगिक क्षमता र प्रविधिगत भूमिकालाई थप महत्त्वपूर्ण बनाउने देखिएको छ।