ग्वाङ्झाउ अटो शोमा १ हजार १०६ सवारी प्रदर्शन गरिने

काठमाडौं । चीनमा आगामी नोभेम्बर २७ देखि आयोजना हुने सन् २०२६ को ग्वाङ्झाउ अन्तर्राष्ट्रिय अटोमोबाइल प्रदर्शनी (अटो ग्वाङ्झाउ)मा १ हजार १०६ वटा सवारीसाधन प्रदर्शन गरिने भएको छ । प्रदर्शनीमा नयाँ मोडलका साथै विद्युतीय सवारी र अत्याधुनिक अटोमोबाइल प्रविधिलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

आयोजकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार डिसेम्बर ६ सम्म सञ्चालन हुने प्रदर्शनी चीनको क्यान्टन फेयर कम्प्लेक्समा आयोजना हुनेछ । यस वर्षको प्रदर्शनी २ लाख २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिनेछ ।

प्रदर्शनीमा राखिने कुल सवारीसाधनमध्ये ७०७ वटा न्यू इनर्जी भेहिकल (एनईभी) अर्थात् नयाँ ऊर्जा प्रविधिमा आधारित सवारी हुनेछन् । त्यस्तै, ११५ वटा नयाँ मोडलसमेत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

गत वर्ष सन् २०२५ मा आयोजित ग्वाङ्झाउ अटो शोमा १ हजार ८५ वटा सवारीसाधन प्रदर्शन गरिएका थिए । तीमध्ये ६२९ वटा नयाँ ऊर्जा प्रविधिमा आधारित सवारी थिए भने ९३ वटा नयाँ मोडल सार्वजनिक गरिएका थिए । यस वर्ष सवारीसाधनको कुल सङ्ख्या, एनईभी र नयाँ मोडल तीनवटै पक्षमा वृद्धि हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *