होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-एक गरी विजेता छनोट गर्ने जनाएको थियो।

चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ।
यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ।
यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो।

यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेतामा कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने (रु. १०,०००), मधेश प्रदेशबाट अफजल मियाँ (रु. १,००,०००), बाग्मती प्रदेश बाट गोकुलप्रसाद ओली (रु. १०,०००), गण्डकी प्रदेशबाट बिज्ञान लामा (रु. १०,०००), लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्का (रु. १०,०००), कर्णली प्रदेश बाट पदमबहादुर शाही (रु. ५०,०००) र सुदुर पश्चिम प्रदेशबाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (रु। १०,०००) रहेका छन्।
त्यस्तै, दोस्रो हप्ताका विजेतामा कोशी प्रदेशबाट विकासकुमार यादव (रु. १०,०००), मधेश प्रदेशबाट सुन लामा (रु. १०,०००), बाग्मती प्रदेशबाट राजु महर्जन (रु. २५,०००), गण्डकी प्रदेशबाट बलराम थापा (रु. ५०,०००), लुम्बिनी प्रदेशबाट पुष्पा थारु (रु. १०,०००), कर्णली प्रदेशबाट मानसिंह दाहाल (रु. १,००,०००) तथा सुदुरपश्चिम प्रदेशबाट विनिता पाठक (रु. १०,०००) रहेका छन्।
