चितवनका अटो व्यवसायीहरू चितवनदेखि ढोरपाटनसम्मको राइडमा

चितवनका अटोमोबाइल व्यवसायीहरूको सहभागितामा शुक्रबारदेखि ‘चितवन–ढोरपाटन राइड’ सुरु भएको छ।

आन्तरिक पर्यटन तथा ‘राइड टुरिजम’ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त यात्रा आज (शुक्रबार) सुरु भएको हो।

आयोजक संस्था हिमालयन राइडर्स चितवनका संयोजक अमृत जोशीका अनुसार यो राइड चार दिनसम्म सञ्चालन हुनेछ।

यात्राका क्रममा सहभागी व्यवसायीहरूले चितवनदेखि ढोरपाटनसम्मका विभिन्न प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन तथा अध्ययन गर्नेछन्।

संयोजक जोशीले हिमालयन राइडर्सले चितवनका अटोमोबाइल व्यवसायीलाई समेटेर वर्षमा दुई पटक विभिन्न गन्तव्यमा यस्ता राइडहरू आयोजना गर्दै आइरहेको जानकारी दिए।

सोही नियमित कार्यक्रम अन्तर्गत यस वर्ष कात्तिकको अन्तिम साता ढोरपाटनलाई गन्तव्य बनाइएको हो।

पछिल्लो समय आन्तरिक पर्यटनमा ‘राइड टुरिजम’ को आकर्षण बढ्दै गएको उल्लेख गर्दै संयोजक जोशीले यस्ता सामूहिक यात्राले ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र स्थानीय अर्थतन्त्र चलायमान बनाउन निकै प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *