नाडाद्वारा जिप्रकालाई सामग्रीहरू हस्तान्तरण

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी नाडाका समसामयिक विषयमा छलफल गरेको छ ।

उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

नाडाले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ–संस्था तथा कार्यालयलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।

यस किसिमका सहयोगात्मक गतिविधिले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकारूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास छ ।

उक्त भेटघाट तथा सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यदय दिपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति थियो ।

नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *