आगलागी हुँदा पनि ईभीको ब्याट्री सुरक्षित

पछिल्लो समय विश्वभर विद्युतीय सवारीको प्रयोग बढेसँगै गाडीमा आगलागीका घट्ना पनि बढ्न थालेका छन् । ईभीमा विभिन्न कारणले आगलागी हुने गरे पनि अधिकांश घटनामा ब्याट्रीलाई दोष दिइँदै आइएको देखिन्छ।

अर्थात् ब्याट्रीकै कारण ईभीमा आगलागी हुन्छ भन्ने गलत भाष्य समेत बनेको छ । यद्यपि, केही घटनामा ब्याट्रीकै कारण आगलागी भएको पनि पाइएको छ ।

तर, केही दुर्घटनामा भने गाडी पूरै जल्दा पनि ब्याट्री सुरक्षित रहेको पाइएको छ । यसैको पछिल्लो उदाहरण हो, चीनमा भएको एउटा घटना । अक्टोबर २८ (बुधबार) चीनको ताइजोउ शहरमा भएको एक भीषण सवारी दुर्घटनामा ईभीको ब्याट्री सुरक्षित रहेको हो ।

डोङफेङ र ह्वावे कियानकुनको संयुक्त साझेदारीमा निर्माण भएको नयाँ फ्ल्यागसिप एसयूभी एपिकल्याण्ड एक्स ९ दुर्घटना भई आगलागी हुँदा ब्याट्री भने सुरक्षित रहेको हो ।

एपिकल्याण्ड ब्राण्डका प्रमुख कार्यकारी जेङ सिङलिनका अनुसार एक्स ९ गाडी सडकमा पूर्ण रूपमा रोकिएको अवस्थामा पछाडिबाट तीव्र गतिमा आइरहेको पूर्ण लोडयुक्त डम्प ट्रकले जोडले ठक्कर दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *