नेपालमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जेलियो’

भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड जेलियोले ग्राहकको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।


जेलियो ईभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधा जस्ता विशेषता उपलब्ध मोडलअनुसार समावेश गरिएका छन्।

नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई ध्यानमा राख्दै जेलियोले ग्राहकलाई कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

जेलियो ईभी स्कुटर खरिद गर्ने ग्राहकका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार, स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग लगायताका विशेष सुविधाको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

जेलियोको नेपालस्थित आधिकारिक नेटवर्कले ग्राहकलाई बिक्री मात्र नभई बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा प्राविधिक सहयोगमार्फत दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।

कम्पनीका प्रतिनिधिका अनुसार, ‘नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढिरहेको अवस्थामा श्भष्यि ले ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखेको छ ।

ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।’

जेलियो ईभी स्कुटरले आगामी दिनमा नेपालका विभिन्न प्रमुख शहर तथा बजारमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने योजना अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *