बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगायो, बजार खाली

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरूघाटस्थित पक्की पुलको एक खण्ड बगाएको छ ।

आरूघाट गाउँपालिका–९, नयाँ पुलस्थित उक्त पुलको गोरखातर्फको एउटा खण्ड बाढीले बगाएको हो । पुलका तीन खण्डमध्ये एउटा खण्ड बगाएपछि आवतजावतमा समेत असर परेको छ ।

बूढीगण्डकी नदीको जलसतह खतराको तहभन्दा निकै माथि पुगेपछि आरूघाट बजारसमेत खाली गराइएको छ । नदीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमबाट बच्न बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *