ब्लु यामाहा एक्सएसआर देशव्यापी शोरूमहरूमा

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा आइपुगेको हो ।

राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।


यामाहाको मूल मर्म “बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स” लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ ।

यसमा भिाभीए  प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ ।

हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो ।

रु. ५,३४,९०० मूल्य तोकिएको यो नयाँ भेरिएन्ट थप किफायती समेत भएकाले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ ।

क्षेत्रीय विस्तारका अवसरमा बोल्दै एमएडब्लू राइडस प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भन्नुभयो: “हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ ।

ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्‍याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो ।

क्षेत्रीय ग्राहकहरू हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुन् र हामी उहाँहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभवहरू सिधै पुर्‍याउन प्रतिबद्ध छौँ ।”

यो क्षेत्रीय विस्तारको उद्देश्य स्थानीय राइडरहरूसँग यामाहाको सम्बन्ध अझ प्रगाढ बनाउनु र देशव्यापी रूपमा एक्सएसआर प्रयोगकर्ताहरूको समुदायलाई थप विस्तार गर्नु पनि हो ।

ब्लु यामाहा एक्सएसआर १५५ का लागि टेस्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *