नेपालमा कन्टिनेन्टलको आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले नयाँ पुस्ताको अल–टेरेन टायर क्रसकन्ट्याक्ट ए/टी२ (The CrossContact A/T²) सार्वजनिक गरेको छ ।
नयाँ क्रसकन्ट्याक्ट ए/टी२ लाई अनरोड आराम, अल–टेरेन क्षमता, टिकाउपन र बलियो ट्र्याक्सनको संयोजनका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ।
यो टायर आधुनिक एसयूभी, फोर ह्विल ड्राइभ तथा उपयुक्त विद्युतीय एसयूभीका लागि लक्षित गरिएको छ।
यो टायर जनवरी २०२६ मा भारतमा सार्वजनिक गरिएको थियो।
कन्टिनेन्टलका अनुसार भारत विश्व बजारमध्ये नयाँ पुस्ताको यो टायर प्राप्त गर्ने सुरुवाती बजारमध्ये एक हो।
नेपाली सडकका लागि उपयुक्त हुने दाबी
नेपालको सडक सञ्जालमा राजमार्गदेखि कच्ची सडक, ग्राभेल ट्र्याक तथा पहाडी बाटोसम्म विविध अवस्था देखिन्छ।
त्यसमाथि मौसमअनुसार सडकको अवस्था पनि परिवर्तन हुने भएकाले एसयूभी तथा फोर ह्विल ड्राइभ प्रयोगकर्ताका लागि विभिन्न भूभागमा राम्रो प्रदर्शन गर्ने टायरको आवश्यकता रहने गरेको छ।
यही अवस्थालाई ध्यानमा राख्दै क्रसकन्ट्याक्ट ए-टी२ नेपाली बजारका लागि पनि उपयोगी हुने डेल्टा डिस्ट्रिब्युटर्सको अपेक्षा छ।
यो टायर ग्राभेल, हिलो, बालुवा, भिजेको सडक तथा चट्टानी भूभागमा प्रयोग गर्न सकिने गरी विकास गरिएको कम्पनीले जनाएको छ।
पश्चात् तत्काल राहतका लागि पेस्की रकम उपलब्ध गराउनका साथै दुर्घटनास्थल पुग्ने र घाइते तथा क्षतिगस्त सवारीको उद्धार, आवश्यक औषधि उपचारको उचित प्रबन्ध मिलाउने कार्य कम्पनीले गरिरहेको छ ।