बेनेलीको दसैं अफर

बेनेली नेपालले दसैंको अवसरलाई लक्षित गर्दै ग्राहकका लागि विशेष दसैं अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।

पुरानो सवारीसाधनलाई एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकको खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको छ ।

यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

दशैं अफर अन्तर्गत ग्राहकले बेनेली Panarea 125 स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा Benelli 180S मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँ मा खरिद गर्न सक्नेछन् ।

यी प्रविधिले

क्याम्पमा १०० भन्दा बढी सवारीसाधन सहभागी हुनुले ग्राहकमा नियमित सर्भिसिङ तथा प्राविधिक मर्मतसम्भारप्रति चासो रहेको देखिएको कम्पनीको विश्वास छ।

पोखरा र गोरखालगायत आसपासका क्षेत्रबाट ग्राहकको सहभागिताले एसएमएल महिन्द्राका ग्राहकसँग प्रत्यक्ष सम्पर्क तथा बिक्रीपछिको सेवाको पहुँचलाई थप बलियो बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ।

लक्ष्मी कमर्सियल भेइकल्स प्रालि नेपालमा एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधनको एकमात्र वितरक हो। कम्पनीले बस, ट्रक तथा अन्य व्यावसायिक सवारीसाधनको बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स र प्राविधिक सहयोगमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

पोखरामा सम्पन्न सर्भिस क्याम्पले नियमित मर्मतसम्भार, आधुनिक बीएस६ प्रविधिको उचित प्रयोग तथा प्रभावकारी बिक्रीपछिको सेवाको महत्वबारे ग्राहकमा सचेतना बढाउनुका साथै कम्पनी र ग्राहकबीचको सम्बन्ध थप सुदृढ गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *