होण्डाद्वारा १ लाख डलर सहयोग

नेपालमा गत भदौ १० मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन Honda ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।

Honda को एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रदान गरेको हो।

Honda ले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनः स्थापनाको कामना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *