जीडब्ल्यूएमको चाडपर्व अफर : ईभी किन्दा ३ लाखसम्म लाभ

काठमाडौं । दसैं–तिहारको सिजनलाई लक्षित गर्दै जीडब्ल्यूएम नेपालले आफ्ना विद्युतीय एसयूभीमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। ‘जीडब्ल्यूएम चाडपर्वको अफर–अझ धेरै पाउनुहोस्’ योजनामार्फत ग्राहकलाई सवारी खरिदसँगै विभिन्न अतिरिक्त सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

योजनाअनुसार ओरा ५ ईभी खरिदमा २ लाख रुपैयाँसम्म र हाभल जोलियन म्याक्स ईभीमा ३ लाख रुपैयाँसम्मको लाभ लिन सकिनेछ। अफरमा नगद छुटका साथै फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर र ७ किलोवाटको चार्जर समावेश छन्।

ग्राहकले पुरानो सवारीसाधन साट्दा आकर्षक एक्सचेन्ज भ्यालु तथा गाडी खरिदका लागि सहज फाइनान्सिङ सुविधा पनि पाउनेछन्। यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार लागू हुने जनाइएको छ।

ओरा ५ लाई जीडब्ल्यूएमले आधुनिक डिजाइन र प्रविधिमा केन्द्रित प्रिमियम ईभीका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार यसमा प्रविधिमैत्री इन्टेरियर तथा आधुनिक डिजाइन रहेको छ। ओरा ५ ले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड्सअन्तर्गत ‘फ्यामिली कार’ विधामा उत्कृष्ट इन्टेरियर डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीको दाबी छ।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभी मा एसयूभी डिजाइनसँगै विद्युतीय ड्राइभ र स्मार्ट प्रविधि समावेश गरिएको छ। यो मोडल नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो।

जीडब्ल्यूएम नेपालका अनुसार चाडपर्व योजना केवल सवारी खरिदमा छुट दिनमा सीमित नभई ग्राहकको समग्र स्वामित्व अनुभवलाई थप सहज बनाउने उद्देश्यले ल्याइएको हो। नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै कम्पनीले आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्दै आएको जनाएको छ।

नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो। कम्पनीका अनुसार योजना काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमा उपलब्ध हुनेछ। ग्राहकले सम्बन्धित शोरुममा पुगेर अफर, एक्सचेन्ज र फाइनान्सिङसम्बन्धी थप जानकारी लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *