यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेलाको अवसर पारेर एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
हालै सम्पन्न नाडा अटो शोमा यस मोटरसाइकलको सफल डेब्युपछि एक्सएसआर परिवारमा अझ धेरै राइडरहरूलाई स्वागत गर्नका लागि यो नयाँ संस्करण लन्च गरिएको कम्पनीले जनाएको छ ।
यस मोटरसाइलको सुरुवाती मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
नाडा अटो शोमा ६ दिनमै ४२८ युनिट बुकिङ हासिल गरेर बलियो बजार पकड बनाएको एक्सएसआर १५५ प्रति चाडपर्वको समयमा पनि ग्राहकहरूको आकर्षण निरन्तर बढिरहेको छ ।
‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ को दर्शनमा आधारित यस मोटरसाइकलले आकर्षक नियो–रेट्रो लुक्स, आफ्नै छुट्टै पहिचान र आधुनिक पर्फर्मेन्सलाई एकसाथ समेटेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ को सुरुवातमा प्राप्त प्रतिक्रिया निकै उत्साहजनक रहेको बताए ।
चाडपर्वको मौसम सुरु भएसँगै ग्राहकहरूको रुचि निरन्तर बढ्दै गएको छ र थप कलर विकल्पहरूको माग पनि निरन्तर आइरहेको छ ।
ग्राहकहरूको यही माग पूरा गर्न र यो मोटरसाइकललाई अझ धेरै राइडरहरूको पहुँचमा पु¥याउन हामीले नयाँ ब्लु कलर उपलब्ध गराएका छौं ।
आगामी दिनमा नेपालमा थप कलर विकल्पहरू ल्याउन पनि हामी उत्सुक छौं’ उनले भने ।
भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुने भएकाले, यामाहाले सम्पूर्ण राइडर तथा ग्राहकहरूलाई मेलामा उपस्थित भई भर्खरै सार्वजनिक गरिएको नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन र टेस्ट राइड गर्न आमन्त्रण गरेको छ ।
साथै, अवलोकनकर्ताहरूले मेलाका बाँकी दिनहरूमा ५० भन्दा बढी भ्यालुएटरहरूबाट उत्कृष्ट मूल्याङ्कन प्राप्त गरी कुनै पनि ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी साटेर नयाँ यामाहा लिन सक्नेछन् र विशेष चाडपर्व एक्सचेन्ज अफरहरूको फाइदा उठाउन सक्नेछन् ।