उद्धारमा साहस देखाउने दुई नेपालीलाई जेसीबीको सम्मान

काठमाडौं । बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेलेका नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।

भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ मा आयोजित कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको साहस र योगदानको प्रशंसा गरे।

राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्साभेटरसहित अन्य मेसिन प्रयोग गरेर त्रिशूली–३ए आयोजनास्थलमा लगातार उद्धार कार्य गरेका थिए। कम्पनीका अनुसार उनीहरूको प्रयासबाट फसेका दुई जनालाई जीवितै उद्धार गर्न सम्भव भएको थियो।

यसैबीच, जेसीबीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनर्निर्माणमा प्रयोग भइरहेका जेसीबी मेसिनका लागि विशेष निःशुल्क सेवा शिविर सञ्चालन गरिरहेको जनाएको छ।

जेसीबी ‘वाउ सर्भिस’ गाडीमार्फत सञ्चालन हुने शिविरमा मेसिनको आवश्यक मर्मत तथा प्राविधिक सेवा प्रदान गरिनेछ। साथै, जोखिमपूर्ण अवस्थामा खटिएका चालक तथा अपरेटरलाई सुरक्षा सामग्रीसमेत वितरण गरिने कम्पनीले जनाएको छ।

नेपालमा २३ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको एमएडब्लू अर्थमुभर्सका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सेवा इन्जिनियर छन्। कम्पनीले देशभर १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *