नेपालमा बाक्सीका उत्पादन प्रज्ञान मोटरले उपलब्ध गराउने

भारतको प्रसिद्ध व्यावसायिक कम्पनी बाक्सीका उत्पादन नेपालमा अब प्रज्ञान मोटरले उपलब्ध गराउने भएको छ ।

बाक्सीका थ्री ह्विलर ईभी अटो र कार्गो भ्यान नेपालमा उपलब्ध हुन थालेका छन् ।

बाक्सी नोभा र बाक्सी लायन थ्री ह्विलर अटो र बाक्सी ई–म्याग्नेट कार्गो प्लस बिक्रीका लागि उपलब्ध भएको कम्पनीको भनाइ छ ।

बाक्सी नोभा कम्प्याक्ट, कम्फर्टेबल र बेस्ट इन क्लास पर्फमेन्सका लागि परिचित छ ।

यसमा भएको ब्याट्रीलाई ५० एम्पियरको चार्जरले ५ घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ, त्यसैगरी २०० एम्पियरको डीसी चार्जरले १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

त्यसैगरी अझै बढी पर्फमेन्स खोज्नेहरुका लागि बाक्सी लायन उपलब्ध छ ।

यसमा भएको ब्याट्रीलाई ५० एम्पियरको चार्जरले ५ घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ भने २०० एम्पियरको डीसी फास्ट चार्जरले १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

त्यसैगरी सामान ओसारपसार गर्नका लागि बाक्सी ई–म्याग्नेट कार्गो प्लस उपलब्ध छ ।

यसमा भएको ब्याट्रीलाई पनि ५० एम्पियरको चार्जरले ५ घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ भने ६० एम्पियरको डीसी फास्ट चार्जरले १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

बाक्सी मोबिलिटीका उत्पादन भारतमा विशेष लोकप्रिय छन् ।

नेपालमा पनि विशेष गरी तराई क्षेत्रका लागि यी उत्पादन उपयोगी हुने अनुमान गरिएको छ ।

अहिले नै यसका उत्पादनको बिक्री प्रारम्भ भइसकेको र आगामी दिनमा अझै विशेष योजनाका साथ यी उत्पादन ग्राहकमाझ पुयाउने कम्पनीको योजना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *