सुनिता डंगोल, कार्यवाहक प्रमुख
काठमाडौं महानगरपालिका
महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा काठमाडौंको व्यवस्थापनका लागि ३ वटा प्रमुख योजना सार्वजनिक गरेकी छन्।

१. महानगर प्रहरीलाई थप प्रभावकारी बनाउने
डंगोलले महानगर प्रहरीलाई केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्रै नभई ‘अनुशासित र सुरक्षित काठमाडौं’ का लागि नागरिकले भरोसा गरेको संयन्त्रका रूपमा विकास गर्ने बताइन्।
मानवीय सेवा, सरसफाइ र विपद् व्यवस्थापनमा पनि प्रहरीको भूमिका बढाइने उनको भनाइ छ।

२. सहरी बाढी न्यूनीकरणका लागि ‘रिचार्ज काठमाडौं’ अभियान
सामान्य वर्षामै बाढी आउने समस्या समाधान गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन हुने।
वर्षाको पानी संकलन गरेर जमिनमा पुनर्भरण गर्ने, रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्जमा जोड दिने योजना।
दीर्घकालीन समाधानका लागि अध्ययन भइरहेको जानकारी।

३. न्युरोडको पार्किङ समस्या समाधानका लागि मल्टीस्टोरी पार्किङ
कोर एरियाको पार्किङ चाप घटाउन न्युरोडस्थित एनएसी भवनलाई मल्टीस्टोरी पार्किङ बनाउन संघीय सरकारसँग अनुमति मागिएको। अनुमति पाएपछि न्युरोड तथा आसपासको पार्किङ समस्या केही हदसम्म समाधान हुने अपेक्षा।
यसका साथै महानगरले नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीसँगको सहकार्यलाई थप रणनीतिक बनाउने र पार्किङ व्यवस्थापनका लागि विज्ञको सुझावमा दीर्घकालीन योजना ल्याउने तयारी गरेको छ।
Post Views: 28