भारतको प्रसिद्ध व्यावसायिक कम्पनी बाक्सीका उत्पादन नेपालमा अब प्रज्ञान मोटरले उपलब्ध गराउने भएको छ । बाक्सीका थ्री ह्विलर ईभी अटो र कार्गो भ्यान नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । बाक्सी नोभा र बाक्सी लायन थ्री ह्विलर अटो र बाक्सी ई–म्याग्नेट कार्गो प्लस बिक्रीका लागि उपलब्ध भएको कम्पनीको भनाइ छ ।
बाक्सी नोभा कम्प्याक्ट, कम्फर्टेबल र बेस्ट इन क्लास पर्फमेन्सका लागि परिचित छ । यसमा भएको ब्याट्रीलाई ५० एम्पियरको चार्जरले ५ घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । त्यसैगरी २०० एम्पियरको डीसी चार्जरले १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
त्यसैगरी अझै बढी पर्फमेन्स खोज्नेहरुका लागि बाक्सी लायन उपलब्ध छ । यसमा भएको ब्याट्रीलाई ५० एम्पियरको चार्जरले ५ घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ भने २०० एम्पियरको डीसी फास्ट चार्जरले १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
त्यसैगरी सामान ओसारपसार गर्नका लागि बाक्सी ई–म्याग्नेट कार्गो प्लस उपलब्ध छ । यसमा भएको ब्याट्रीलाई पनि ५० एम्पियरको चार्जरले ५ घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ भने ६० एम्पियरको डीसी फास्ट चार्जरले १ घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
बाक्सी मोबिलिटीका उत्पादन भारतमा विशेष लोकप्रिय छन् । नेपालमा पनि विशेष गरी तराई क्षेत्रका लागि यी उत्पादन उपयोगी हुने अनुमान गरिएको छ । अहिले नै यसका उत्पादनको बिक्री प्रारम्भ भइसकेको र आगामी दिनमा अझै विशेष योजनाका साथ यी उत्पादन ग्राहकमाझ पुयाउने कम्पनीको योजना रहेको बताइएको छ ।