कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले हालै टाइम्स बिजनेसलाई बुटवलको स्थानीय डिलर नियुक्त गरेको हो।
टाइम्स बिजनेसले बुटवलमा सञ्चालनमा आएको कियाको शोरुमबाट आसपासका उपभोक्तालाई सहज हुने विश्वास टाइम्स बिजनेसको छ।
नेपालमा कियाको सोनेट, सेल्टोस, स्पोर्टेज सोरेन्टाे हाइब्रिड लगायत कार उपलब्ध छन्।
त्यस्तै ईभी नाइन तथा ईभी सिक्स लगायत विद्युतीय कार यसअघि उपलब्ध थिए, अब भने कियाको नयाँ ईभी साइरोस नेपाली बजारमा आउने तयारीमा छ।
उक्त कार साउन अन्तिममा सकिएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा बुकिङ लिइएको थियो। गत साता किया साइरोस ईभी शोकेसका लागि काठमाडौं ल्याइएको थियो।
टाइम्स बिजनेसले कियाको कार बिक्रीसँगै क्विक सर्भिस समेत उपलब्ध गराउने छ।
उपभोक्तालाई बिक्रीपछिको सेवासमेत एकै स्थानबाट प्राप्त होस् भनेर शोरुमसँगै क्विक सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको टाइम्स बिजनेसका एमडी दिपकराज गिरीले जानकारी दिए।
अटोमोबाइल व्यवसायमा हासिल गरेको यही अनुभवलाई उपयोग गर्दै उनले २०१९ देखि कन्टिनेन्टलसँग आवद्ध रही काठमाडौं उपत्यकाकाे लागि ईसुजुकाे एक्सक्लुसिभ डिलर भइ उत्कृष्ट सेल्स गर्दै आएका थिए ।
टाइम्स बिजनेसले कियाका विश्वस्तरीय गाडी र भरपर्दो सेवा बुटवल तथा आसपासका ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको छ।