नाइमाको सहयोग हस्तान्तरण

रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को पूर्व निर्णय अनुसार ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, नाइमा प्रिन्सिपल मेम्बर साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ, नाइमा कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमा डिजिटल एजेन्सी – डिजिपलका उत्सव कार्की सहभागी थिए ।

सो मानवीय पहलमा साथ, सहयोग र सहकार्य प्रदान गर्ने सम्पूर्ण सदस्य कम्पनीहरूप्रति विशेष आभार व्यक्त गर्दै, विपद्को यस कठिन घडीमा नाइमाले प्रभावित समुदाय तथा राष्ट्रको साथमा सदैव उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो भन्दा पहिले गत भदौ १४ गते नै यस प्रकारको सहयोग गर्ने नाइमाले जानकारी दिएको थियो । त्यसै अनुसार अहिले ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *