चीन बाहिर बीवाइडीका ईभीको माग बढ्दै

सन् २०२२ बाट विश्व अटोमोबाइल बजारमा बीवाइडीले तीव्र विस्तार र चर्चा पाउन थालेको हो । नेपालमा सन् २०२२ को अन्तिम तिर एटो थ्री ल्याएसँगै यहाँ पनि बीवाइडीको चर्चा चुलिएको थियो ।

विश्व बजारमा बीवाइडीको बलियो प्रवेश नै सन् २०२२ हो । अझ भनौं धेरै देशमा बीवाइडी २०२२ बाटै भएको थियो भन्दा फरक पर्दैन । तर, नेपालमा भने सन् २०१७ मै बीवाइडीले प्रवेश पाएको थियो ।

बीवाइडीको संख्यात्मक उत्पादन र बिक्री २०२२ बाटै भएको हो । त्यो वर्ष बीवाइडीले १८ लाख ५७ हजार ३७९ युनिट विद्युतीय साधन उत्पादन गरेको थियो । जसमध्ये ५० हजार २१ युनिट ईभी निर्यात गरेको थियो ।

सन् २०२३ मा बीवाइडीले आफ्नो उत्पादन तीव्र्र गतिमा बढायो । कम्पनीको वार्षिक बिक्री ३० लाख १२ हजार ९०६ युनिट पुग्यो । त्यसमा अघिल्लो वर्ष ५० हजार युनिट रहेको निर्यात झण्डै ५ गुणा वृद्धि गर्दै २ लाख ४२ हजार ७६५ युनिट पुग्यो ।

उत्पादन वृद्धि र निर्यातलाई सँगसँगै अगाडि बढाएको बीवाइडीले सन् २०२४ मा ४२ लाख ५० हजार ३७० युनिट न्यू इनर्जी भेहिकल उत्पादन गर्न सफल भयो । त्यसमध्ये चीन बाहिर ४ लाख १७ हजार २०४ युनिट बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *