आइएम मोटर्सले छिट्टै जहाजको जस्तै सुरक्षा भएको कार ल्याउने

एसएआइसी ग्रुपले ‘आइएम एलएस ६’ मोडलमा हवाइ जहाजको जस्तै सुरक्षा फिचर दिएर ल्याउने तयारी गरेको छ । कम्पनीले ८ दिनपछि प्रिसेल्स सुरु गर्न लागेको आइएम एलएस ६ सुरक्षाको हिसावले उत्कृष्ट मोडल हुने भएको हो ।

यसअघि नै चीनमा बिक्री हुँदै आएको आईएम एलएस ६ लाई अपग्रेड गरेर पूर्ण रूपमा ‘स्टियर बाइ वायर’ च्यासिसमा ल्याउन लागिएको हो ।

कम्पनीका अनुसार विमानमा प्रयोग हुने ‘फ्लाइ बाइ वायर’सँग ‘स्टियर बाइ वायर’ले बराबरी गर्नेछ । आईएम मोटर्सले ‘स्टियर बाइ वायर’लाई आफ्नो ‘नेक्स्ट २०२८’ रणनीति अन्तर्गतको महत्वपूर्ण उत्पादन मानेको छ ।

आगामी सेप्टेम्बर १० बाट प्रि सेल्स सुरु हुने एलएस ६ को मूल्य करिब २ लाख युआन अर्थात् २९ हजार ५ सय डलर कायम हुने बताइएको छ । कम्पनीले नयाँ एलएस ६लाई जमिनमा गुड्ने ‘ए ३२०’ समेत भनेको छ ।

कम्पनीका अनुसार एलएस ६ को सबै भेरियन्टमा एनईओ पावरट्रेन आर्किटेक्चर, पूर्ण स्टियर बाइ वायर च्यासिस, आईएम क्लअ एआई एजेन्ट तथा ‘सुपर फस्र्ट क्लास’ सिटिङ प्याकेज उपलब्ध हुनेछ ।

गत महिना चीनमा परीक्षणको क्रममा एलएस ६को इन्टेरियर तस्बिर बाहिर आएको थियो । जहाँ परम्परागत स्टेयरिङ ह्विल देखिएको थिएन ।
आईएम एलएस ६ पहिलो पटक अक्टोबर २०२३ मा सार्वजनिक भएको मोडल हो । नयाँ एलएस ६ले टेस्ला मोडल वाई, शाओमी वाईयू ७ लगायतका मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *