सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ५ करोड १ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
रसुवाको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ रकम जम्मा गरेको हो । यसबाट बाढी प्रभावित क्षेत्रका तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उद्धार, राहत, स्वास्थ्य उपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा उपयोग हुने विश्वास गरिएको छ ।
प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको ‘सिप्रदीयन सहायता संस्था’ मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोगका कार्यक्रमसमेत सञ्चालन गरिरहेको समूहले जनाएको छ ।
साथै, संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगी आवश्यकता अनुसार अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू उपलब्ध गराइरहेको पनि जारी विज्ञप्तिमा उल्लेख गरेको छ । समूहले उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।