रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन
(रोजरएब) कार केयर लाउन्ज प्रालिका संचालक राहुल शाहले सहयोग गरेको बताए ।
कम्पनीले यस बिपतको घडिमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) लाई ध्यानमा राख्दै “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” लाई हस्तान्तरण गर्ने गरि कम्पनीको तर्फबाट ROGERAB सेल्स भएको प्रत्येक बिक्रीबापत एक हजार रुपैयाँ सोही उद्धार कोषमा जम्मा गरि एकमुस्ट रकम “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिदिने निर्णय गरेको हो।
यो इन्डियामा रोजर कम्पनीले बनाएको प्याटेन्ड प्रोडक्ट हो, यसको इन्डियाबाट विभिन्न देशमा निर्यात हुन्छ ।
रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको आफ्टर मार्केट एसेसरिज हो ।
यो हाई ग्रेड सिलिकनले बनेको निकै गुणस्तरीय प्रोडक्ट हो, जसमा कम्पनीले पाँच वर्षको ग्यारेन्टी दिएको छ ।
यो प्रोडक्ट गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन र रफ सडकमा पनि सहज तरिकाले गाडी चलाउनका लागि निकै उपयुक्त हुन्छ ।