काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको केही दिनमै नामी भिगो ई२ प्रति ग्राहकको आकर्षण बढेपछि एमएडब्लू वृद्धि मोटर्सले यसको विशेष छुट योजना समाप्त गरेको छ । कम्पनीले नामी भिगो ई२ मा दिँदै आएको २ लाख रुपैयाँको विशेष अफर अब समाप्त भएको जनाएको हो ।
गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले छोटो समयमै उल्लेख्य बुकिङ प्राप्त गरेको कम्पनीको भनाइ छ । आधुनिक डिजाइन, प्रिमियम फिचर, आकर्षक मूल्य तथा पूर्ण आकारको एसयूभीको विशेषताका कारण मोडलप्रति ग्राहकको चासो बढेको कम्पनीले जनाएको छ ।
नामी भिगो ई२ ले यसअघि बजारमा रहेको भिगो ई२+ का लोकप्रिय विशेषतालाई निरन्तरता दिँदै मुनरुफबिनाको नयाँ कन्फिगरेसन प्रस्तुत गरेको छ । नयाँ कन्फिगरेसन र सीमित अवधिको प्रारम्भिक अफरका कारण मोडलप्रति ग्राहकको आकर्षण थप बढेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार विशेष अफर घोषणा गरेपछि ६ दिनमै बिक्री गर्न सकिने अनुमानभन्दा बढी युनिटको बुकिङ प्राप्त भएको थियो । उच्च माग र बुकिङलाई ध्यानमा राख्दै कम्पनीले दिँदै आएको २ लाख रुपैयाँको परिचयात्मक छुट योजना समाप्त गरेको हो ।
अब नामी भिगो ई२ ३७ लाख ९९ हजार रुपैयाँको आधिकारिक मूल्य (MRP) मा उपलब्ध हुनेछ । कम्पनीले विशेष अफर सकिए पनि नयाँ मूल्यमा यसको बुकिङ भने निरन्तर रहने जनाएको छ ।
एमएडब्लू वृद्धि मोटर्सले नेपाली ग्राहकबाट प्राप्त प्रतिक्रिया तथा बुकिङले भिगो ई२ प्रति बजारमा बलियो चासो देखिएको जनाएको छ । कम्पनीले ग्राहकको माग र अपेक्षाअनुसार आगामी दिनमा पनि नयाँ तथा प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने बताएको छ ।