राष्ट्रिय व्यक्तित्व सम्मानद्धारा रोशनकुमार श्रेष्ठ सम्मानित

एभरग्रिन वल्र्डवाईड इन्टरटेनमेण्ट कम्पनीद्धारा आयोजित १४ औं राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रममा बिगत लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित भएर देशभर सेवा दिदै आईरहेको अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष कलाकार दिनेश डिसी, प्रमुख अतिथी रहेको कार्यक्रमका विशेष अतिथीहरुमा पहिलो नायिका भुवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह रहेको थियो ।

नेपाल चलचित्र संघका अध्यक्ष, उत्तम केसी, वरिष्ठ कलाकारहरु मोहन निरौंला, अभिनेत्री मिथिला शर्मा, नायक रविन्द्र खड्का, कृष्ण मल्ल, धिरेन शाक्य, नायिका शर्मिला मल्ल, द्धन्द निर्देशक एन. बी. महर्जन लगायत यस क्षेत्रका द्दिग्गज कलाकारहरु तथा व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

एभरग्रिन वल्र्डवाईड इन्टरटेनमेण्ट कम्पनीले विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई एकै स्थानमा सम्मान गर्दै पहिलो पटक ” दिर्घ साधना सम्मान” बाट कलाकार शिवहरी नेपाललाई रु ३३,३३३/- रकम सहितको विशेष सम्मान गरिएको आयोजक तथा सस्थाका अध्यक्ष गोपाल ढकालले बताए ।

उहाँ अटो क्षेत्रमा मात्र नभएर अन्य समाजसेवा कार्यमा समेत निकैं सक्रिय रुपमा नैं निरन्तर लागिरहेका छन् भने लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसका संस्थापक अध्यक्ष, अटो नेपाल, पत्रिकाको प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका सिनियर एड्भाईजर लगायतमा हुनुहुन्छ ।

मैले गरेको योगदान र आफ्नो पेशागत कार्यप्रति समर्पणको मूल्यांकन स्वरूप प्राप्त सम्मान पाउनु मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *