सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालन

विद्युतीय सवारी साधनको बजार विस्तार गर्ने उद्देश्यसहित ल्याएको छ। भरतपुर–बालमन्दिर रोडस्थित आउटलेटबाट रिडारा, डायुन, एक्सपेङ र आयोन ब्राण्डका विद्युतीय सवारी साधनको बिक्री तथा सेवा उपलब्ध हुने भएको छ।

नवनिर्मित आउटलेटको उद्घाटन चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)का अध्यक्ष इन्द्र रेग्मी, भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष परमेश्वर खनाललगायतको उपस्थितिमा शुक्रबार सम्पन्न भएको हो। सीजी मोटर्सका अनुसार नयाँ आउटलेटमार्फत एउटै छानामुनि चार विश्वप्रसिद्ध विद्युतीय सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधान ग्राहकले सहज रूपमा अवलोकन गर्न सक्नेछन्।

यससँगै काठमाडौं उपत्यकाबाहिर पनि आधुनिक विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने कम्पनीको योजनाले थप गति लिएको जनाएको छ। कम्पनीका सहायक महाप्रबन्धक कञ्चन सिलवालले ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर आउटलेट सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार आउटलेटमा सवारी साधन अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा एकै स्थानबाट उपलब्ध हुनेछ। यसले ग्राहकलाई सहज, छरितो र व्यवस्थित सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

कार्यक्रममा बोल्दै काडाका अध्यक्ष इन्द्र रेग्मीले चितवनमा सीजी मोटर्सको आगमनले विद्युतीय सवारी साधनको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले उपत्यकाबाहिर पनि विद्युतीय सवारीको प्रयोग बढ्दै जानु सकारात्मक संकेत भएको उल्लेख गरे। भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले सीजी परिवारलाई सफलताको शुभकामना दिँदै नयाँ आउटलेटले स्थानीय उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।

सीजी मोटर्सले हाल देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्कमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। कम्पनीका अनुसार यही सशक्त चार्जिङ पूर्वाधारका कारण सीजी मोटर्स नेपालमा विद्युतीय सवारी साधनको विश्वसनीय तथा भरपर्दो सेवा प्रदायक कम्पनीका रूपमा स्थापित हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *