देशकै पहिलो नमूना ‘टाइड आर्चपुल राम्दीमा

स्याङ्जा/गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी(राम्दी)मा देशकै पहिलो नमूना ‘टाइड आर्चपुल निर्माण भएको छ ।

यहाँको स्याङ्जा र पाल्पा जोड्ने नमुना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टिल टयूब आर्च ब्रिज (टाइड आर्च) हो ।

नेपालकै पहिलो पुल सेक्टर पोखराले निर्माण गरेको यो पुल, भुटानमा एक र चाइना तथा दुबईमा प्रसस्त छ ।

एक स्पानमात्र रहेको रामनदी (राम्दी) मोटरेबल पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाईको रहेको छ ।

यहाँ निर्माण भएको नयाँ पुल २०२८ सालमा बनेको ट्रस ब्रिज भन्दा २७ मिटर बढि लम्बाइ रहेको पुल सेक्टर पोखराका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।

२०७९ असार ३० गते तीन वर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ढेक्का सम्झौता गरेको भएपनि डिजाइन समयमै नबन्दा र समाग्री भारत तथा विज्ञ चीनबाट समयमै नआउँदा निर्माणमा ढिलाइ थियो ।

२७ करोड ७१ लाख नौ हजार छ सय रुपैयाँमासम्झौता भएको र अब पुलमा दुई साइडमा समान्य काम र रङरोगन मात्र बाँकी रहेको अधिकारीले बताए ।

पुरानो ट्रस ब्रिज जीर्ण भारवाहक सवारी साधनहरु ओहोरदोहोरमा समस्या बनेको थियो भने नयाँ पुल ७० मेट्रिक टन क्षमता रहेको छ ।

तीन वर्षमा सक्ने गरेर निर्माण थालिएको पुल असार २७ गते सम्म एक बर्ष म्याथ थपेर काम भएको अधिकारीले बताए ।

पुल निर्माणको काम सकिएपनि दुई छेउमा रहेका घर हटाउन बाँकी रहेको छ भने अब एक महिना भित्रमा समस्या समाधान गरेर सवारीसाधन नयाँ पुलबाट हिड्ने अधिकारीको भनाइ छ ।

नयाँ पुल निर्माणसँगै अब पुरानो जिर्ण पुलमा जोखिम मोलेर यात्रुलाई यातायात र सवारीसाधनलाई ओहोर दोहोर गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

पुरानो पुलसिदार्थ राजमार्ग बनेसँगै ०२२ सालमा निर्माण थालनी भै २०२८ सालमा सम्पन्न भएको थियो भने पुलको तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *