एम्पीयरको नयाँ मोडेल १४२ किमी रेन्जमा

नेपालका लागि आधिकारिक वितरक श्री एसटीसी अटोसोलुसनले ‘एम्पीयर MAGNUS-G MAX’ को बिक्री सुरु गरेको हो।

१५ वर्ष लामो अनुभव भएको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित यस स्कुटरमा १.५ किलोवाट क्षमताको हव मोटर र २.४ किलोवाट पिक आवरको सुरक्षित एलएफपी (LFP) ब्याट्री प्रयोग गरिएको छ।

यो नयाँ मोडेल एक पटक पूरा चार्ज गर्दा १४२ किमी रेन्ज प्रमाणित भएको, यो स्कुटर घरमै साढे ३ घण्टामा चार्ज गर्न सकिन्छ भने यसको ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरको वारेन्टी दिइएको छ।

माइनस ४० देखि ६० डिग्रीसम्म चल्न सक्ने मजबुत बनावट, रिभर्स मोड सहित ५ वटा राइडिङ मोड र डिस्क ब्रेक जस्ता आधुनिक फिचरयुक्त यस स्कुटरको मूल्य ३ लाख १५ हजार रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *