काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको विकल्प थप विस्तार हुने भएको छ। जगदम्बा मोटर्सले विश्वप्रसिद्ध अटो ब्रान्ड प्रोटोनको नयाँ पूर्ण विद्युतीय कम्प्याक्ट एसयूभी ईमास५ नेपाली बजारमा चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीका अनुसार नयाँ ईमास५ आधुनिक प्रविधि, स्मार्ट फिचर र व्यवहारिक डिजाइनसहित विकसित गरिएको मोडल हो। विश्वका अग्रणी अटो निर्माता Geelyसँगको सहकार्यमा निर्माण गरिएको यो एसयूभीले प्रविधि, सुरक्षा र कार्यसम्पादनमा नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा बटुलेको ईमास५ले मलेसियाको प्रतिष्ठित अलायन्स डीएसएफ भेहिकल अफ द इयर अवार्ड २०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि प्राप्त गरिसकेको छ। आधुनिक डिजाइन, उन्नत ईभी प्रविधि र दैनिक प्रयोगका लागि उपयुक्त सुविधाका कारण यसले उक्त सम्मान पाएको कम्पनीले जनाएको छ।
ईमास५मा प्रयोगकर्ताको सुविधा लक्षित गर्दै तीनवटा छुट्टाछुट्टै स्टोरेज स्पेस दिइएको छ। यसमा ७० लिटरको फ्रन्ट स्टोरेज (फ्रङ्क), २८ लिटरको सिटमुनिको स्टोरेज र २० लिटरको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश छ, जसले सामान व्यवस्थापनलाई थप सहज बनाउने कम्पनीको दाबी छ।
जगदम्बा मोटर्सले ईमास५को आगमनसँगै नेपाली ग्राहकले विश्वस्तरीय विद्युतीय प्रविधिसहितको नयाँ विकल्प पाउने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार जिलीको अत्याधुनिक ईभी प्रविधि र प्रोटोनको इन्जिनियरिङ अनुभवको संयोजनमा तयार भएको यो मोडलले सुरक्षा, सुविधा र मूल्यको सन्तुलित प्याकेज प्रदान गर्नेछ।