रिभोल्ट नयाँ RVX फुल चार्जमा १६० किलोमिटर गुडने

रिभोल्ट मोटर्सले आफ्नो नयाँ आरभीएक्स इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको छ।

कम्पनीले सो बाइकको प्रारम्भिक मूल्य १ लाख २४ हजार भारु निर्धारण गरेको छ।

कम्पनीका अनुसार आरभीएक्स हालसम्मकै सबैभन्दा शक्तिशाली र अत्याधुनिक प्रविधियुक्त रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल हो।

 

नयाँ रिभोल्ट आरभीएक्स कुल ३ रङमा उपलब्ध हुनेछ। यसमा ३.२४ किलोवाट आवर क्षमताको रिमुभेवल एनएमसी ब्याट्री जडान गरिएको छ।

कम्पनीले सो बाइकमा फुल चार्जमा १६० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरेको छ।

फास्ट चार्जरको प्रयोग गर्दा यसको ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन करिब डेढ घण्टा लाग्नेछ ।

सो इलेक्ट्रिक मोटरसाइकलले अधिकतम ७.१ बीएचपी पावर र २३० एनएमको टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति केवल ३.९ सेकेन्डमा हासिल गर्न सक्छ।

बुस्ट मोडमा यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

फिचरका लागि आरभीएक्समा फ्रन्टमा अपसाइड डाउन फोर्क सस्पेन्सन र रियर मोनोशक दिइएको छ । यसमा बुस्ट, स्पोर्ट, सिटी र इको गरी ४ वटा राइडिङ मोड रहेको छ ।

साथै हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इमोबिलाइजर र भेइकल लोकेटर जस्ता फिचर समावेश गरिएको छ।

साथै ३.५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो फेन्सिङ, ओभर द एयर सफ्टवेयर, कल र म्यासेज नोटिफिकेसन जस्ता फिचर पनि उपलब्ध छ।

भारतीमा रिभोल्ट आरभीएक्सले ओबेन रोर इभो र ओला रोडस्टर एक्स जस्ता इलेक्ट्रिक मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *