अब पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिवाना गरिने

अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज बनाउन नेपाल आयल नियमले पेट्रोल पम्पहरूलाई कारबाही गर्न कानुन संशोधन गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै अब व्यवसायीले पम्प बन्द गरेमा न्यूनतम ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था तोकेको हो ।

बुधबार राति बसेको निगम संचालक समितिको बैठकले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ को दफा २९ घ ९१० मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने बाक्य थपेको छ ।

यससँगै अब कुनै पनि पम्प बन्द गरेमा पहिलो पटक ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना र १० दिन आपूर्ति बन्द र तेस्रो पटकमा १० लाख जरिवाना र १५ दिनलाई आपूर्ति बन्द गरिने भएको छ ।

पम्पवालाहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल पठाएका थिएनन् । जसकारण बुधबार देशका विभिन्न ठाउँमा निजी पम्प बन्द हुँदा उपभोक्ताले सास्ती खेप्न बाध्य भएका थिए ।

अब आगाममी दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेट्टिए नयाँ कानुनी व्यवस्था अनुसार कारबाही हुने सुनिश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *