नेपाली बजारमा मार्केट लिडरको रूपमा रहँदै आएको चाइनिज दुइपांगे्र इलेक्ट्रिक ब्राण्ड याडियाको नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपाल प्रालिले नयाँ मोटरसाइकल नयाँ प्रिमियम विद्युतीय मोटरसाइकल ‘याडिया किननेस’ सार्वजनिक गरेको छ ।
कम्पनीले आज काठमाडौँस्थीत नक्सालमा एक कार्यक्रमको आयोजना गरी याडियाको ‘याडिया किननेस’ मोटरसाइकल सार्वजनिक गरेको हो ।
जसको मुल्य छ लाख साठि हजार रुपैयाँ तोकिएको छ ।
‘याडिया किननेस’मोटरसाइकलमा प्रयोग गरिएको अधिक क्षमता भएको ४.६ किलोवाटको ब्याट्रि प्याकले मोटरसाइकसँग सम्बन्धित ४० बढि संरक्षित कार्यको व्यवस्थापनलाई सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ ।
साथै कम्पनीले यसमा प्रयोग गरिएको अधिक ब्याट्रि व्वस्थापन पद्धती (विएमएस) ले ब्यट्रीको सुरक्षा, स्थायीत्व र विश्वसनीयताको ग्यारेन्टि गर्ने पनि जनाएको छ ।
‘याडिया किननेस’ मोटरसाइकलमा ११ किलोवाट क्षमताको मोटर उपलब्ध छ, जसलाई ५ देखि ६ घण्टा भित्र फुल चार्ज गर्न सकिने र यसले एकपटकको फुलचार्जमा १५० किलोमिटर सम्मको रेन्च दिने कम्पनीको दावी छ ।
यो मोटरसाइकलमा आरमदायी सिटसगैँ ३ सेक्केन्डमा नै ० देखि ५० किलोमिटरसम्म रेन्च दिन सक्ने क्षमता हुनुका साथै एक घण्टाको अवधिमा अधिकतम १०० किलोमिटरसम्मको रेन्च दिने कम्पनीको दावी छ ।
आकर्षक डिजाइन सहित ११ किलोवाट क्षमताको ब्याट्रि प्रयोग गरी निर्माण गरिएको मोटरसाइकल विशेषगरी युवा वर्गका राइडर्सहरुलाई लक्षित गरिएको कुजु नेपाल प्रालिका सिइयो सुरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
हालसम्म विश्वका सय देशहरुमा याडियाको सय मिलियन बढि प्रयागकर्ता पुगेको कम्पनीले उल्लेख गरेको छ ।
नेपालमा पनि हाल पेट्रोलको चरम अभाव भएको बेला यो इलेक्ट्रिक मोटरसाइकलका प्रयोगकर्ता बढ्ने सम्भावना रहेको सिइयो शाहीले जानकारी गराए ।
याडिया किननेस मोटरसाइकलमा डाइमिनसन, टप स्पीड टोरक्यु, ग्राउन्ड क्लियरेन्स, क्लाइमिङ एङग्ल र स्टोरेज वक्स क्यापासिटि जस्ता फिचरहरु उपलब्ध छन ।