देशभर लक्ष्मी ल्युब आयलको ‘ग्यारेज चौतारी’ अभियान

समयको परिवर्तनसँगै सडक र सवारीसाधन बदलिए पनि मानिसहरूलाई जोड्ने चौतारीको परम्परागत भावनालाई जीवित राख्दै लक्ष्मी ल्युब आयल प्रालिले ‘ग्यारेज चौतारी’ अभियानलाई तीव्र पारेको छ ।

नेपालको रैथाने ‘पीपल चौतारी’ जस्तै देशभरका ग्यारेज व्यवसायी, मेकानिक र अटोमोबाइल क्षेत्रका व्यक्तिहरूलाई एउटै थलोमा ल्याएर अनुभव, ज्ञान र व्यावसायिक अवसर साटासाट गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत हालसम्म नेपालका विभिन्न स्थानहरूमा १० भन्दा बढी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेको कम्पनी भनाई छ ।

अभियानअन्तर्गत मे महिनामा जनकपुरस्थित ओम अटो पार्ट्स, बुटवलको विजय अटो वर्कशप, टिकापुरको सेती मोटरसाइकल वर्कशप, पोखराको निहाल अटो इन्जिनियरिङ र थ्री ब्रदर्स अटो इन्जिनियरिङ तथा काठमाडौंको प्रकाश न्यू जेनेरेसनमा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

त्यसैगरी, जुन महिनामा पोखरास्थित क्रिष्टिना एस अटो पार्ट्स र एड्भान्स अटो वर्कशप, नुवाकोटको पञ्चकन्या स्पेयर पार्ट्स र काठमाडौं पुतलीसडकको पीएम अटोमोबाइल्समा यो कार्यक्रम भव्यताका साथ आयोजना गरिएको हो ।

लक्ष्मी ल्युब आयलले यस अभियानलाई केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नराखी देशभरका अटोमोबाइल व्यवसायीलाई जोड्ने एक दीर्घकालीन अभियानको रूपमा अघि बढाएको छ ।

आगामी दिनमा नेपालका हरेक सहर, गाउँ र टोलसम्म ‘ग्यारेज चौतारी’ पु-याउने कम्पनीको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *