डुकाटीको १००औँ वार्षिकोत्सवमा विशेष संस्करण सार्वजनिक

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड डुकाटी (Ducati) ले आफ्नो स्थापनाको १००औँ वार्षिकोत्सव (100th Anniversary) को अवसरमा ‘कोलेजिओने १००’ (Collezione 100) अन्तर्गत १० वटा विशेष एडिसन मोटरसाइकलहरू विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ।

केही समयअघि अत्यधिक सीमित ‘सुपरलेगेरा भी४ सेन्टेनारियो’ ल्याएको कम्पनीले यस पटक आफ्नो पोर्टफोलियोका १० अलग-अलग चर्चित मोडलहरूलाई ऐतिहासिक थिममा उतारेको हो।

  • संसारभर मात्र १०० वटा: डुकाटीको समृद्ध इतिहास र रेसिङ विरासत बोकेका यी १० विशेष मोडलहरू विश्वभर मात्र १००-१०० वटा (सीमित संख्यामा) उत्पादन गरिनेछ। यी दुलर्भ मोटरसाइकलहरू सामान्य मोडलको तुलनामा निकै महँगा हुने निश्चित भए पनि भारतीय तथा यस क्षेत्रका धनाढ्य बाइक संकलक (Collectors) का लागि केही कोटा छुट्याइने अनुमान छ।

  • कलात्मक र आधुनिक डिजाइन: सबै १० वटा बाइकहरूलाई डुकाटीको इतिहासका लिजेन्ड्री पुराना मोडलहरूबाट प्रेरित गरी नयाँ र ताजा ‘लिभरी’ (रङ र ग्राफिक्स) दिइएको छ:

    • Panigale V4 S: सन् १९७२ को प्रसिद्ध ‘इमोला डेस्मो’ (Imola Desmo) बाट प्रेरित यस बाइकमा चम्किलो सिल्भर शेड र प्रिमियम आल्कान्टारा सिट दिइएको छ।

    • XDiavel V4: सन् १९७७ को ‘क्यालिफोर्निया हट रड’ बाट प्रेरित यस मोडलमा निलो र सिल्भर बडीका साथै आकर्षक गोल्डेन ह्विल रिमहरू रहेका छन्।

    • Multistrada V4 RS: यो मोडल सन् १९७९ को ‘५०० एसएल पान्ता’ (500 SL Pantah) बाट प्रभावित छ, जसमा बिल्कुलै नौलो र फरक लुक्स देख्न सकिन्छ।

    • DesertX 100: सन् १९८१ को पान्ता ‘आइस’ बाट प्रेरित यो बाइक पहेँलो र निलो रङको संयोजनमा उपलब्ध छ।

डुकाटीका यी १० विशेष एडिसन मोडलहरू र तिनका पुराना प्रेरणादायी संस्करणहरूको सूची यसप्रकार छ:

  • Panigale V4 S (१९७२ Imola Desmo)

  • Panigale V2 S (१९७५ Super Sport Desmo)

  • Streetfighter V4 S (१९७९ 900 Sport Desmo Darmah)

  • Monster (२००८ Monster S4Rs Tricolore)

  • XDiavel V4 (१९७७ 750 Super Sport “California Hot Rod”)

  • Diavel V4 RS (१९७९ 900 Replica)

  • Multistrada V4 RS (१९७९ SL Pantah)

  • Scrambler (१९६२ 250 Scrambler)

  • Hypermotard V2 SP (१९७५ 860 “24 Horas de Montjuïc”)

  • DesertX (१९८१ Pantah “Ice”)

दुर्लभ र ऐतिहासिक पहिचान बोकेका कारण यी मास्टरपिस मोटरसाइकलहरू बजारमा आउनासाथ तुरुन्तै बिक्री भई सकिने अनुमान अटो विज्ञहरूले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *