एयरब्याग र सिट बेल्ट अनिवार्य

यात्रुवाहक (एम वर्गका) सवारी साधनहरूमा यात्रुको सुरक्षा र सुविधा बढाउनका लागि सरकारले नयाँ सुरक्षा व्यवस्था प्रस्ताव गरेको छ।

निर्देशिका अनुसार अब नेपाल भित्रिने यस्ता गाडीहरूमा चालक र अगाडिको सिटमा बस्ने यात्रुका लागि अनिवार्य रूपमा ‘एयरब्याग’ (हावाको थैलो) को व्यवस्था हुनुपर्नेछ।

एयरब्यागले दुर्घटनाको समयमा चालक र अगाडिका यात्रुलाई अगाडिको ड्यासबोर्ड वा स्टेरिङमा तीव्र गतिमा ठोक्किनबाट बचाउँछ र गम्भीर चोटपटक लाग्न दिँदैन।

यसका साथै, गाडीका सबै सिटहरूमा सिट बेल्ट हुनुपर्ने नियम पनि राखिएको छ।

सिट बेल्टले दुर्घटनाको बेला यात्रुलाई सिटमै बाँधेर राख्ने हुनाले गाडीभित्र उछिट्टिएर हुने भित्री चोटपटकको जोखिमलाई न्यून गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *